कार्यविवरण


 

लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार

१.     निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्ने,

२.     नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिईने लिखित परीक्षा सञ्चालन गर्ने,

३.     नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र अन्य सङ्घीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श दिने,

४.     कुनै सङ्गठित संस्थाको सेवाका कर्मचारीको सेवाका शर्तसम्बन्धी कानून र त्यस्तो सेवाका पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श दिने,

५.     देहायका विषयमा परामर्श दिने:

(क)   सङ्घीय निजामती सेवाको शर्तसम्बन्धी कानूनको विषयमा,

(ख)   सङ्घीय निजामती सेवा वा पदमा नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा,

(ग)    सङ्घीय निजामती सेवाको पदमा छ महीनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,

(घ)    कुनै एक प्रकारको सङ्घीय निजामती सेवाको पदबाट अर्को प्रकारको सङ्घीय निजामती सेवाको पदमा वा अन्य सरकारी सेवाबाट सङ्घीय निजामती सेवामा सरुवा वा बढुवा गर्दा वा कुनै प्रदेशको निजामती सेवाको पदबाट सङ्घीय निजामती सेवाको पदमा वा सङ्घीय निजामती सेवाको पदबाट प्रदेश निजामती सेवाको पदमा सेवा परिवर्तन वा स्थानान्तरण गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,

(ङ)   लोक सेवा आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेको कर्मचारीलाई लोक सेवा आयोगको परामर्श लिनु पर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा,

(च)    सङ्घीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।

 

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको मुख्य मुख्य कार्यहरु

१.     आयोगबाट गरिने पदपूर्तिसम्बन्धी कार्यको वार्षिक कार्यतालिका प्रकाशनसम्बन्धी,

२.     मागको आकृति फाराम सङ्कलन, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन तथा अन्य सूचना तथा प्रकाशनसम्बन्धी,

३.     आयोगको सूचना सञ्चार प्रविधिसम्बन्धी कार्यको व्यवस्थापनसम्बन्धी,  

४.     केन्द्रीय प्रतिनिधि खटनपटन र सुरक्षा निकाय तथा सङ्गगठित संस्थामा प्रतिनिधि खटाउनेसम्बन्धी,

५.     नेपाल सरकारका विभिन्न निकाय, प्रदेश लोक सेवा आयोग र विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ/संस्थासँग समन्वयसम्बन्धी,

६.     पदपूर्ति गर्ने निकाय र आयोगका मातहतका कार्यालयको अनुगमन/निरीक्षणसम्बन्धी,

७.     आयोगको वार्षिक प्रतिवेदनको मस्यौदा तयार गर्ने तथा अन्य सबै प्रकारका प्रकाशनसम्बन्धी,

८.     आयोग र मातहतका कार्यालयको बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तथा कार्यान्वयनसम्बन्धी,

९.     विषय विज्ञ वा दक्षको सूचि तयार एवम् अद्यावधिकसम्बन्धी,

१०.  कच्चा, प्रश्नपत्र सङ्कलन, प्रश्नपत्र परिमार्जन र प्रश्नपत्र छपाईसम्बन्धी,

११.  परीक्षा सञ्चालन, नतिजा तयारी, नतिजा प्रकाशनसम्बन्धी,

१२.  परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्तिको अद्यावधिक सूची तयार एवम् जनशक्ति खटाउने, परीक्षा कार्यक्रम र परीक्षा केन्द्र तोक्नेसम्बन्धी कार्य,

१३.  लिखित परीक्षाको उत्तरपुस्तिका सङ्कलन, सङ्केतीकरणसम्बन्धी,

१४.  प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता कार्यक्रम सञ्चालनसम्बन्धी,   

१५.  योग्यताक्रमका आधारमा अन्तिम नतिजा तयारी एवम् प्रकाशन र सिफारिस तथा वैकल्पिक र अस्थायी सिफारिससम्बन्धी,  

१६.  परीक्षण प्रविधि र परीक्षा प्रणालीमा वैज्ञानिक एवम् समसामयिक सुधारका निम्ति अध्ययन, अनुसन्धानसम्बन्धी,

१७.  आयोगबाट हुने परीक्षाका पाठ्यक्रम निर्माण एवम् परिमार्जनसम्बन्धी,  

१८.  शैक्षिक योग्यता तथा शैक्षिक उपाधी सम्बन्धमा देखिएको द्विविधा र परामर्शसम्बन्धी,

१९.  मनोबैज्ञानिक, व्यक्तित्व र व्यवहारिक परीक्षणसम्बन्धी नवीनतम् प्रविधिको अध्ययन/अनुसन्धानसम्बन्धी,

२०.  सङ्घीय निजामती सेवाको शर्तसम्बन्धी कानुन तथा सो सेवा वा सेवाको पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषय र सेवा परिवर्तनका सम्बन्धमा परामर्श दिनेसम्बन्धी,

२१.  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य सङ्घय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्शसम्बन्धी,

२२.  सङ्गठित संस्थाका सेवाका कर्मचारीको सेवाका शर्तसम्बन्धी कानून र त्यस्तो सेवाका पदमा नियुक्ति, बढुवा र विभागीय सजाय गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्शसम्बन्धी,

२३.  सङ्घीय निजामती सेवाका कर्मचारीको बढुवा सिफारिस उपर पर्न आएका उजूरीका सम्बन्धमा आवश्यक कार्य,

२४.  सङ्घीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायका सम्बन्धमा आवश्यक कार्य, 

२५.  आयोगकातर्फबाट पेश गर्नुपर्ने निवेदन, पुनरावेदन, पुनरावलोकन लगायतका विषयका सम्बन्धमा लिखत तयार, प्रतिरक्षा र वहस पैरवीसम्बन्धी,

२६.  आर्थिक प्रशासन तथा आन्तरिक नियन्त्रणसम्बन्धी,

२७.  कार्यालयका भौतिक साधनहरुको अभिलेख व्यवस्थापन, मर्मत संभार तथा संरक्षणसम्बन्धी,

२८.  अभिलेख व्यवस्थापनसम्बन्धी,

२९.  कार्यालयलाई निर्दिष्ट र तोकिएबमोजिमका अन्य कार्य

 

(क) प्रशासन तथा निरीक्षण महाशाखाको कार्य विवरण

१.     आयोगको सामान्य प्रशासनसम्बन्धी,

२.     कर्मचारी प्रशासनसम्बन्धी आयोग वा मातहतका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन, पुरस्कार, सरुवा, बढुवा, विभागीय कारबाही, पदपूर्ति लगायतका कार्य,

३.     सचिवालय तथा जनसम्पर्क व्यवस्थापनसम्बन्धी,

४.     केन्द्रीय प्रतिनिधि खटनपटन र सुरक्षा निकाय तथा संगठित संस्थामा प्रतिनिधि खटाउनेसम्बन्धी,

५.     आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M), सङ्गठन तथा कार्यविधिमा गर्नुपर्ने सुधारसम्बन्धी,

६.     आयोगको योजना तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी,

७.     आर्थिक प्रशासनसम्बन्धी आयोग र मातहतका कार्यालयको बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, लेखा सञ्चालन, नगदी जिन्सी, राजस्व आदिको दुरुस्त हिसाव राख्ने, लेखा परीक्षण र लेखापरीक्षणबाट प्राप्त सुझाव कार्यान्वयनसम्बन्धी,

८.     आयोग र मातहतका कार्यालयको भौतिक सम्पत्तिको अभिलेख व्यवस्थापन, संरक्षण र मर्मत संभारसम्बन्धी,

९.     आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्नेसम्बन्धी,

१०.  आयोगको सूचना तथा प्रकाशनसम्बन्धी,

११.  पदपूर्ति गर्ने निकाय र आयोगका मातहतका कार्यालयको अनुगमन/निरीक्षण र अनुगमन/निरीक्षणबाट प्राप्त सुझाव कार्यान्वयनसम्बन्धी,

१२.  आयोगबाट गरिने पदपूर्तिसम्बन्धी कार्यको वार्षिक कार्यतालिका तयार, मागको आकृति फाराम सङ्कलन, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशनसम्बन्धी,

१३.  आयोगबाट सञ्चालन गरिने सूचना सञ्चार प्रविधिसम्बन्धी कार्यको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी,

१४.  आयोगको केन्द्रीय कार्यालय र मातहतका कार्यालय, नेपाल सरकारका विभिन्न निकाय, प्रदेश लोक सेवा आयोगहरु र विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ/संस्थाहरुसँग समन्वयसम्बन्धी,

१५.  आयोगको प्रवक्ताको काम गर्ने,

१६.  कार्यालयको सुरक्षा व्यवस्था, पालो पहरा, सरसफाई लगायतका कार्य,

१७.  महाशाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१८.  आयोगको कुनै महाशाखा/शाखालाई नतोकिएका अन्य कार्य,  

१९.  यस महाशाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

प्रशासन शाखाको कार्य विवरण

१.     आयोगको सामान्य प्रशासन, कर्मचारी प्रशासन, जिन्सी व्यवस्थापन र जनसम्पर्कसम्बन्धी,

२.     सचिवालय तथा जनसम्पर्क व्यवस्थापनसम्बन्धी,

३.     गुनासो सुनुवाई र व्यवस्थापनसम्बन्धी,

४.     आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M), सङ्गठन तथा कार्यविधिमा गर्नुपर्ने सुधारसम्बन्धी विषय,

५.     आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्नेसम्बन्धी,

६.     आयोग वा मातहतका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन, पुरस्कार, सरुवा, बढुवा, विभागीय कारबाही, पदपूर्ति लगायतका विषयसम्बन्धी,

७.     आयोगको केन्द्रीय कार्यालय र मातहतका कार्यालयहरुबीच आवश्यक समन्वयसम्बन्धी,

८.     केन्द्रीय प्रतिनिधि खटनपटन र सुरक्षा निकाय तथा संगठित संस्थामा प्रतिनिधि खटाउनेसम्बन्धी,

९.     आयोग र मातहतका कार्यालयको भौतिक सम्पत्तिको अभिलेख व्यवस्थापन, संरक्षण र मर्मत संभार र कागजात धुल्याउनेसम्बन्धी,

१०.  कार्यालयको सुरक्षा व्यवस्था, पालो पहरा, सरसफाई, बँगैचा व्यवस्थापन, साजसज्जा, सौन्दर्यीकरण, चमेना गृह व्यवस्थापनसम्बन्धी,  

११.  अतिथि सत्कार तथा शिष्टाचार सम्बन्धी,

१२.  शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी

१३.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

आर्थिक प्रशासन शाखाको कार्य विवरण

१.     आयोग र मातहतका कार्यालयको बार्षिक कार्यक्रम तथा बजेट तर्जुमासम्बन्धी,

२.     आयोगको योजना तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी,

३.     बजेट बाँडफाँड, रकमान्तर, निकासा, खर्च र बाँकीको स्रोत अनुसारको हिसाबसम्बन्धी,

४.     विनियोजन, राजस्व र धरौटीको कारोबारको हिसाबसम्बन्धी,

५.     एकीकृत वित्तीय विवरण र केन्द्रीय हिसाव तयारीसम्बन्धी,

६.     बजेट माग, रकमान्तर, स्रोतान्तर, पेश्की फर्छ्यौट र बेरुजु फर्छ्यौटसम्बन्धी,

७.     आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्नेसम्बन्धी,

८.     आर्थिक अनुशासन पालना सम्बन्धमा निरीक्षण र अनुगमनसम्बन्धी,

९.     धरौटी प्राप्ती, फिर्ता र सदरस्याहासम्बन्धी,

१०.  लेखा परीक्षण र लेखापरीक्षणको प्रतिवेदन कार्यान्वयनसम्बन्धी,

११.  शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१२.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

सूचना, सञ्चार प्रविधि शाखाको कार्य विवरण

१.     सूचना सञ्चार प्रविधिसम्वन्धी योजना तर्जुमा तथा कार्यक्रमको मस्यौदा तयारसम्बन्धी कार्य,

२.     सूचना प्रविधि परीक्षण (IT Audit) सम्बन्धी,

३.     सूचना प्रविधिसँग सम्वन्धित जनशक्तिको क्षमता विकास कार्यक्रम तयारसम्बन्धी,

४.     सूचना प्रविधिसँग सम्वन्धित सम्वद्ध निकाय तथा सरोकारवालाहरुवीच समन्वयसम्बन्धी,

५.     आयोगको सूचना प्रविधि प्रणाली सञ्चालन र व्यवस्थापन (Database Administration,  Public Service Recruitment Management System, Network Administration, System Administration, Software Enhancement and Modification, Hardware Maintenance, E-mail, Internet/Intranet आदि) सम्बन्धी,

६.     आयोगको कार्य प्रकृति अनुसार नयाँ Software Application तयार एवम् सञ्चालनसम्बन्धी,

७.     सूचना प्रविधिसम्बन्धी अनुसन्धानमूलक कार्य,

८.     आयोगका लागि उपयुक्त देखिएका नविनतम् सूचना सञ्चार प्रविधिको पहिचानसम्बन्धी,

९.     शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१०.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

सूचना तथा प्रकाशन शाखाको कार्य विवरण

१.     आयोगबाट गरिने पदपूर्तिसम्बन्धी कार्यको वार्षिक कार्यतालिका तयारीसम्बन्धी,

२.     मागको आकृति फाराम सङ्कलन, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन तथा आयोगबाट प्रकाशन हुने अन्य सूचना एवम् प्रकाशनसम्बन्धी,

३.     पदसङ्ख्या (प्रतिशत) निर्धारण, विज्ञापन प्रकाशन, अग्रसक्रिय खुलासा (Proactive disclosure)-स्वत: प्रकाशन, सूचना-पत्र (Bulletin) प्रकाशन, समाचारपत्र प्रकाशनसम्बन्धी, 

४.     आयोगका प्रतिवेदनसम्बन्धी,

५.     आयोगको वेवसाइट अद्यावधिकसम्बन्धी,

६.     हेलो सरकार, सहायक प्रवक्ता र  सूचना अधिकारीले सम्पादन गर्नुपर्ने कामकारवाहीसम्बन्धी,

७.     सूचनाको हकसम्बन्धी विषयमा कानुनबमोजिम सरोकारवालाबाट माग भएको सूचना उपलब्ध गराउनेसम्बन्धी कार्य,

८.     शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

९.     शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

 () सुरक्षा निकाय तथा सङ्गठित संस्था महाशाखा

१.     सङ्गठित संस्थाको पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका तयारीको लागि आवश्यक संयोजन तथा समन्वयसम्बन्धी,

२.     सङ्गठित संस्थाको रिक्त पदमा पदपूर्तिको लागि सहमति प्रदानसम्बन्धी,

३.     कच्चा प्रश्नपत्र सङ्कलन र व्यवस्थापनसम्बन्धी,

४.     परीक्षाका लागि आवश्यक पर्ने जनशक्तिको अद्यावधिक सूची तयारसम्बन्धी,

५.     परीक्षा केन्द्र तोक्ने र परीक्षामा आवश्यक जनशक्ति खटन पटनसम्बन्धी

६.     सङ्गठित संस्थातर्फको लिखित परीक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी,

७.     लिखित परीक्षाको उत्तरपुस्तिका सङ्कलन, प्रथम सङ्केतीकरण, नतिजा तयारीसम्बन्धी,

८.     सङ्गठित संस्थाको लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी,

९.     विषय विज्ञ वा दक्षहरुको अद्यावधिक सूचि तयारीसम्बन्धी,

१०.  लिखित परीक्षाका उत्तरपुस्तिका व्यवस्थापनसम्बन्धी,

११.  परीक्षा सञ्चालन, नतिजा तयारी, नतिजा प्रकाशन लगायत परीक्षासँग सम्बन्धित विषयमा मातहतका कार्यालय तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वयसम्बन्धी,

१२.  लिखित परीक्षालाई थप अनुशासित, मर्यादित, व्यवस्थित, बैज्ञानिक र वस्तुगत बनाउन सुझाव प्रस्तुत गर्नेसम्बन्धी,

१३.  महाशाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१४.  महाशाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

परीक्षा सञ्चालन शाखा (सुरक्षा निकाय तथा सङ्गठित संस्था)

१.     सङ्गठित संस्थाको पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका तयारीसम्बन्धी,

२.     सङ्गठित संस्थाको रिक्त पदमा पदपूर्तिको लागि सहमति प्रदानसम्बन्धी,

३.     कच्चा प्रश्नपत्र सङ्कलन र व्यवस्थापनसम्बन्धी,

४.     लिखित परीक्षा सञ्चालनसम्बन्धी विषयमा मातहतका कार्यालय तथा सम्बन्धित सङ्गठित संस्थासँग समन्वयसम्बन्धी,

५.     सङ्गठित संस्थातर्फको परीक्षा कार्यक्रम निर्धारण र परीक्षा केन्द्र तोक्नेसम्बन्धी,

६.     परीक्षाका लागि आवश्यक पर्ने जनशक्ति खटनपटनसम्बन्धी,

७.     सङ्गठित संस्थातर्फको परीक्षा सञ्चालन र सो को व्यवस्थापनसम्बन्धी,

८.     लिखित परीक्षाको उत्तरपुस्तिका सङ्कलनसम्बन्धी,

९.     विषय विज्ञ वा दक्षहरुको अद्यावधिक सूचि (रोष्टर) तयारीसम्बन्धी,

१०.  लिखित परीक्षा सञ्चालन र व्यवस्थापन सम्वन्धमा अध्ययन, अनुसन्धानसम्बन्धी,

११.  सङ्गठित संस्थाको पदपूर्तिसँग सम्बन्धित अभिलेख व्यवस्थापन र प्रतिवेदनसम्बन्धी,

१२.  शाखासँग सम्वन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१३.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

लिखित परीक्षा नतिजा तयारी शाखा (सुरक्षा निकाय तथा सङ्गठित संस्था)

१.     सङ्केत नम्बर कायम भई आएका उत्तरपुस्तिका बुझिलिनेसम्बन्धी,

२.     उत्तरपुस्तिका सङ्केतीकरणसम्बन्धी,

३.     विषय विज्ञ वा दक्ष मनोनयनसम्बन्धी,

४.     उत्तरपुस्तिका परीक्षणसम्बन्धी,

५.     उत्तरपुस्तिकाको प्राप्ताङ्क रुजूसम्बन्धी,

६.     नतिजा तयारीसम्बन्धी,

७.     पुनर्योगको लागि आवश्यक कागजात उपलब्ध गराउनेसम्बन्धी,

८.     उत्तरपुस्तिका परीक्षणका लागि विषय विज्ञ वा दक्षको सूची (रोष्टर) अद्यावधिकसम्बन्धी,

९.     नतिजा तयारीसँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१०.  शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

११.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

लिखित परीक्षा नतिजा प्रकाशन शाखा (सुरक्षा निकाय तथा सङ्गठित संस्था)

१.     लिखित परीक्षाको नतिजा प्रकाशनको पूर्व तयारी तथा सम्बन्धित निकायसँग समन्वयसम्बन्धी,

२.     सम्बन्धित शाखाबाट डिकोड फाराम, दोश्रो सङ्केत नम्बर र पहिलो सङ्केत नम्बरका अर्धकट्टी बुझिलिनेसम्बन्धी,

३.     लिखित परीक्षाको नतिजा र डिकोड तयार गर्नेसम्बन्धी,

४.     सम्बन्धित निकायको कर्मचारी सेवा शर्तसम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार नतिजा प्रकाशन गर्नेसम्बन्धी,

५.     सम्बन्धित निकायबाट माग भएपश्चात् डिकोड फाराम उपलब्ध गराउनेसम्बन्धी,

६.     लिखित परीक्षाको नतिजाको पुनर्योग सम्बन्धमा प्राप्त निवेदन उपर आवश्यक कारवाही गर्नेसम्बन्धी,

७.     शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

८.     शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

(ग) परीक्षा महाशाखाको कार्य विवरण

१.     कच्चा प्रश्नपत्र सङ्कलन र व्यवस्थापनसम्बन्धी,

२.     परीक्षाका लागि आवश्यक पर्ने जनशक्तिको अद्यावधिक सूची तयारीसम्बन्धी,

३.     परीक्षा केन्द्र तोक्ने र आवश्यक जनशक्ति खटनपटनसम्बन्धी कार्य

४.     निजामती र आयोगको निर्णय बमोजिम सुरक्षा निकायतर्फको लिखित परीक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी,

५.     लिखित परीक्षाको उत्तरपुस्तिका सङ्कलन, प्रथम सङ्केतीकरण, नतिजा तयारीसम्बन्धी,

६.     निजामती तथा आयोगको निर्णय बमोजिम सुरक्षा निकायको लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी,

७.     विषय विज्ञ वा दक्षहरुको अद्यावधिक सूचि तयारसम्बन्धी,

८.     लिखित परीक्षाका उत्तरपुस्तिका व्यवस्थापनसम्बन्धी,

९.     परीक्षा सञ्चालन, नतिजा तयारी, नतिजा प्रकाशन लगायत परीक्षासँग सम्बन्धित विषयमा मातहतका कार्यालय तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वयसम्बन्धी,

१०.  लिखित परीक्षालाई थप अनुशासित, मर्यादित, व्यवस्थित, बैज्ञानिक र वस्तुगत बनाउन सुझाव प्रस्तुत गर्नेसम्बन्धी,

११.  महाशाखासँग सम्बन्धित अभिलेख अद्यावधिकसम्बन्धी,

१२.  महाशाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

परीक्षा सञ्चालन शाखाको कार्य विवरण

१.     लिखित परीक्षा सञ्चालन र व्यवस्थापन सम्वन्धमा अध्ययन, अनुसन्धानसम्बन्धी,

२.     विषय विज्ञ वा दक्ष मनोनयन गराउनेसम्बन्धी,

३.     कच्चा प्रश्‍नपत्र सङ्कलन र व्यवस्थापनसम्बन्धी,

४.     परीक्षा सञ्चालनसम्बन्धी विषयमा मातहतका कार्यालयसँग समन्वय गर्नेसम्बन्धी,

५.     परीक्षाका लागि आवश्यक पर्ने जनशक्तिको अद्यावधिक सूची तयारसम्बन्धी,

६.     निजामती तथा सुरक्षा निकायतर्फको परीक्षा कार्यक्रम निर्धारण र परीक्षा केन्द्र तोक्नेसम्बन्धी,

७.     परीक्षाका लागि आवश्यक पर्ने जनशक्ति खटनपटनसम्बन्धी,

८.     निजामती तथा सुरक्षा निकायतर्फको परीक्षा सञ्चालन र सो को व्यवस्थापनसम्बन्धी

९.     लिखित परीक्षाको उत्तरपुस्तिका सङ्कलनसम्बन्धी,

१०.  विषय विज्ञ वा दक्षहरुको अद्यावधिक सूचि (रोष्टर) तयारीसम्बन्धी,

११.  शाखासँग सम्वन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१२.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

लिखित परीक्षा नतिजा तयारी शाखा (प्राविधिक/अप्राविधिक)

१.     सङ्केत नम्बर कायम भई आएका उत्तरपुस्तिका बुझिलिनेसम्बन्धी,

२.     उत्तरपुस्तिका सङ्केतीकरणसम्बन्धी,

३.     विषयविज्ञ वा दक्ष मनोनयनसम्बन्धी,

४.     उत्तरपुस्तिका परीक्षणसम्बन्धी,

५.     उत्तरपुस्तिकाको प्राप्ताङ्क रुजूसम्बन्धी,

६.     नतिजा तयारीसम्बन्धी,

७.     पुनर्योगको लागि आवश्यक कागजात उपलब्ध गराउनेसम्बन्धी,

८.     उत्तरपुस्तिका परीक्षणका लागि विषय विज्ञ वा दक्षको सूची (रोष्टर) अद्यावधिकसम्बन्धी,

९.     नतिजा तयारीसँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१०.  शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

११.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

लिखित परीक्षा नतिजा प्रकाशन शाखा

१.     लिखित परीक्षाको नतिजा प्रकाशनको पूर्व तयारीसम्बन्धी,

२.     डिकोड फाराम, दोश्रो सङ्केत नम्बर र पहिलो सङ्केत नम्बरका अर्धकट्टी बुझिलिनेसम्बन्धी,

३.     लिखित परीक्षाको नतिजा र डिकोड तयार गर्नेसम्बन्धी,

४.     सम्बन्धित निकायको कर्मचारी सेवा शर्तसम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार नतिजा प्रकाशन गर्नेसम्बन्धी,

५.     सम्बन्धित निकायबाट माग भएपश्चात् डिकोड फाराम उपलब्ध गराउनेसम्बन्धी

६.     लिखित परीक्षाको नतिजाको पुनर्योग सम्बन्धमा प्राप्त निवेदन उपर आवश्यक कारवाहीसम्बन्धी,

७.     शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

८.     शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

(घ) कानून महाशाखा 

१.     सङ्घीय निजामती सेवाको शर्तसम्बन्धी कानुन तथा सो सेवा वा सेवाको पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषय र सेवा परिवर्तनका सम्बन्धमा परामर्श दिने विषयमा आयोगमा प्रस्ताव पेश गरी निर्णय गराउनेसम्बन्धी,

२.     नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श दिने सम्बन्धमा आयोगमा प्रस्ताव पेश गरी निर्णय गराउनेसम्बन्धी,

३.     सङ्गठित संस्थाका सेवाका कर्मचारीको सेवाका शर्तसम्बन्धी कानून र त्यस्तो सेवाका पदमा नियुक्ति, बढुवा र विभागीय सजाय गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श दिने सम्बन्धमा आयोगमा प्रस्ताव पेश गरी निर्णय गराउनेसम्बन्धी,

४.     विभिन्न निकायबाट प्रकाशित बढुवा सिफारिस सूचना सङ्कलन तथा अभिलेख अद्यावधिक गराई माग भए बमोजिमको सूचना उपलब्ध गराउने सम्बनधमा कानून महाशाखा अन्तर्गतका शाखाहरुलाई निर्देशन दिनेसम्बन्धी,

५.     सङ्घीय निजामती सेवा तथा संघीय कानूनले तोकेका अन्य सेवाका कर्मचारीको बढुवा सिफारिस उपर पर्न आएका उजूरीका सम्बन्धमा आयोगमा प्रस्ताव पेश गरी निर्णय गराउनेसम्बन्धी,

६.     सङ्घीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायका सम्बन्धमा आयोगमा प्रस्ताव पेश गरी निर्णय गराउनेसम्बन्धी,

७.     आयोगको ऐन, नियम, निर्देशिका, कार्यविधि आदिको समय सापेक्ष सुधारका लागि मस्यौदा तर्जुमा गर्ने/गराउनेसम्बन्धी,

८.     आयोगकातर्फबाट पेश गर्नुपर्ने र आयोगका विरुद्धमा परेका निवेदन, पुनरावेदन, पुनरावलोकन लगायतका विषयमा लिखतको मस्यौदा तयार गर्ने/गराउनेसम्बन्धी,

९.     आयोगका तर्फबाट पेश भएका र आयोगका विरुद्धमा परेका निवेदन, पुनरावेदन, पुनरावलोकन लगायतका विषयका सम्बन्धमा लिखत तयार गरी पेश गर्ने, प्रतिरक्षा र वहस पैरवी लगायतका आवश्यक कारवाही गर्नेसम्बन्धी,

१०.  आयोगको काम, कर्तव्य र अधिकार प्रत्यायोजन सम्बन्धमा पेश गर्नेसम्बन्धी,

११.  आयोगको कार्यक्षेत्रभित्र पर्ने नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि समेतको अध्ययन गरी समय सापेक्ष सुधारका लागि मस्यौदा पेश गर्नेसम्बन्धी,

१२.  आयोगलाई कानुनी परामर्श दिने, आयोगको कार्य क्षेत्रभित्र पर्ने नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि समेतको कार्यान्वयनमा परेका द्विविधाका सम्बन्धमा कानूनी राय प्रदान गर्नेसम्बन्धी,

१३.  अदालत तथा विभिन्न निकायबाट आयोगका कामकारवाहीका सम्बन्धमा भएका फैसला तथा आदेशको सम्बन्धित शाखाबाट कार्यान्वयन गर्ने/गराउनेसम्बन्धी,

१४.  महाशाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१५.  महाशाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

बढुवा उजुरी तथा विभागीय सजाय परामर्श शाखा

१.     सङ्घीय निजामती सेवा तथा संघीय कानूनले तोकेका अन्य सेवाका कर्मचारीको बढुवा सिफारिस उपर पर्न आएका उजूरीका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी पेश गर्नेसम्बन्धी,

२.     सङ्घीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी पेश गर्नेसम्बन्धी,

३.     विभिन्न निकायबाट प्रकाशित बढुवा सिफारिस सूचना सङ्कलन तथा अभिलेख अद्यावधिक गराई माग भए बमोजिमको सूचना सम्बन्धित निकायलाई उपलब्ध गराउनेसम्बन्धी,

४.     आयोगका तर्फबाट पेश गर्नुपर्ने निवेदन, पुनरावेदन, पुनरावलोकन लगायतका विषयमा लिखतको मस्यौदा तयार गरी पेश गर्नेसम्बन्धी,

५.     आयोगका तर्फबाट पेश भएका र आयोगका विरुद्धमा परेका निवेदन, पुनरावेदन, पुनरावलोकन लगायतका विषयमा लिखत तयार गरी पेश गर्ने, प्रतिरक्षा र वहस पैरवी लगायतका आवश्यक कारवाही गर्नेसम्बन्धी,

६.     आयोगलाई कानुनी परामर्श दिने, आयोगको कार्य क्षेत्रभित्र पर्ने नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि समेतको कार्यान्वयनमा परेका द्विविधाका सम्बन्धमा कानूनी राय प्रदान गर्नेसम्बन्धी,

७.     अदालत तथा विभिन्न निकायबाट आयोगका कामकारवाहीका सम्बन्धमा भएका फैसला तथा आदेश सम्बन्धित निकाय/ महाशाखा/शाखामा पठाउनेसम्बन्धी,

८.     शाखाबाट विषय उठान भई आयोगबाट भएका निर्णयहरु सम्बन्धित निकायमा पठाउनेसम्बन्धी,

९.     आयोगको ऐन, नियम, निर्देशिका, कार्यविधि आदिको मस्यौदा तर्जुमा गर्नेसम्बन्धी,

१०.  शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

११.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

नीति नियम तथा अभिलेख शाखा

१.     सङ्घीय निजामती सेवाको शर्तसम्बन्धी कानून तथा सो वा सेवाको पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषय र सेवा परिवर्तनका सम्बन्धमा परामर्श दिन विषयमा परामर्श सहजीकरण समितिमा छलफल गरी निर्णयको लागि आयोगमा पेश गर्नेसम्बन्धी,

२.     नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श सहजीकरण समितिमा छलफल गरी परामर्शको लागि आयोगमा पेश गर्नेसम्बन्धी,

३.     सङ्गठित संस्थाका सेवाका कर्मचारीको सेवाका शर्तसम्बन्धी कानून र त्यस्तो सेवाका पदमा नियुक्ति, बढुवा र विभागीय सजाय गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तको विषयमा परामर्श सहजीकरण समितिमा छलफल गरी परामर्शको लागि आयोगमा पेश गर्नेसम्बन्धी,

४.     सुरक्षा निकाय वा अन्य सङ्घीय सरकारी सेवा सञ्चालन गर्ने निकाय तथा परामर्श लिएका सङ्गठित संस्थाहरुले आयोगबाट प्राप्त परामर्श कार्यान्वयन गरे, नगरेका सम्बन्धमा अनुगमन गर्ने/गराउनेसम्बन्धी,

५.     विभिन्न निकाय एवं सङ्गठित संस्थाहरुबाट ऐन नियमको कार्यान्वयनमा रहेका अस्पष्टता सम्बन्धमा परामर्श माग भई आएको विषयमा परामर्शका लागि आयोगमा पेश गर्नेसम्बन्धी,

६.     आयोगको काम, कर्तव्य र अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा निर्णयको लागि पेश गर्नेसम्बन्धी,

७.     आयोगमा अन्य निकायबाट प्राप्त राजपत्राङ्कित कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनको अभिलेख राखी व्यवस्थापन गर्नेसम्बन्धी,

८.     शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

९.     शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

(ङ) परीक्षण प्रविधि, पाठ्यक्रम तथा अनुसन्धान महाशाखा

१.     परीक्षण प्रविधि र परीक्षा प्रणालीमा वैज्ञानिक एवम् समसामयिक सुधारका निम्ति अध्ययन, अनुसन्धानसम्बन्धी,

२.     आयोगबाट हुने परीक्षाका पाठ्यक्रम निर्माण एवम् परिमार्जनसम्बन्धी,

३.     मनोवैज्ञानिक, व्यक्तित्व र व्यवहारिक परीक्षणसम्बन्धी नवीनतम् प्रविधिको अध्ययन/अनुसन्धानसम्बन्धी,

४.     शैक्षिक योग्यता तथा शैक्षिक उपाधी सम्बन्धमा देखिएको द्विविधा र परामर्शसम्बन्धी,

५.     राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीको मामिला प्रस्तुतीकरण, इन बास्केट अभ्यास, समस्या समाधान र मनोबैज्ञानिक परीक्षण सम्बन्धमा व्यवस्थापकीय कार्य,

६.     विषय विज्ञ वा दक्षको सूचि अद्यावधिक गर्नेसम्बन्धी,

७.     राजपत्राङ्कित तृतीय श्रेणीको सामूहिक छलफल (Group Discussion) का विषयका लागि विषय विज्ञ वा दक्ष मनोनयन गराउने र विषय सङ्कलनसम्बन्धी,

८.     पुस्तकालय व्यवस्थापनसम्बन्धी,

९.     महाशाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१०.  महाशाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

परीक्षण प्रविधि शाखा

१.     परीक्षण प्रविधि र परीक्षा प्रणालीमा वैज्ञानिक एवम् समसामयिक सुधारका निम्ति अध्ययन, अनुसन्धानसम्बन्धी,

२.     मनोबैज्ञानिक, व्यक्तित्व र व्यवहारिक परीक्षणसम्बन्धी नवीनतम् प्रविधिको अध्ययन/अनुसन्धानसम्बन्धी,

३.     शैक्षिक योग्यता तथा शैक्षिक उपाधी सम्बन्धमा देखिएको द्विविधा र परामर्शसम्बन्धी,

४.     राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीको मामिला प्रस्तुतीकरण, इन बास्केट अभ्यास, समस्या समाधान र मनोबैज्ञानिक परीक्षण सम्बन्धमा व्यवस्थापकीय,

५.     विज्ञापन प्रकाशन गर्ने प्रयोजनका लागि न्यूनतम शैक्षिक योग्यतासम्बन्धी,

६.     शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

७.     शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

पाठ्यक्रम तथा मूल्याङ्कन शाखा

१.     आयोगबाट सञ्चालन गरिने परीक्षाका पाठ्यक्रम निर्माण एवम् परिमार्जनसम्बन्धी,

२.     सुरक्षा निकाय एवम् सङ्गठित संस्थाका पाठ्यक्रम स्वीकृतिका लागि आवश्यक कार्य,

३.     राजपत्राङ्कित द्वितीय श्रेणीको इन बास्केट अभ्यास र राजपत्राङ्कित तृतीय श्रेणीको समस्या समाधान र मनोवैज्ञानिक परीक्षण परीक्षा व्यवस्थापनसम्बन्धी,

४.     शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

५.     शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

अनुसन्धान तथा विकास शाखा

१.     आयोगबाट गर्नुपर्ने अध्ययन अनुसन्धान गर्नुपर्ने विषय क्षेत्रको पहिचान र प्राथमिकीकरण गरी सुझाव पेश गर्नेसम्बन्धी,

२.     व्यवस्थापनले पहिचान गरेका विषय क्षेत्रमा अध्ययन, अनुसन्धानसम्बन्धी योजना तर्जुमा तथा कार्यान्वयनसम्बन्धी,

३.     अध्ययन अनुसन्धान गर्ने विषयको अवधारणा पत्र, कार्यशर्त, प्रस्ताव र प्रस्ताव मूल्याङ्कन आधारका मस्यौदासम्बन्धी,

४.     आधारभूत तथा कार्यमूलक अध्ययन, अनुसन्धान कार्यलाई गुणात्मक बनाउने कार्यमा आवश्यक समन्वयसम्बन्धी,

५.     अध्ययन, अनुसन्धानसम्बन्धी कार्य गर्ने निकायसँग समन्वयसम्बन्धी,

६.     अनुसन्धान प्रतिवेदनको अभिलेखिकरणसम्बन्धी तथा शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

७.     शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

(च) अन्तर्वार्ता तथा सिफारिस महाशाखा

१.     विषय विज्ञ वा दक्षको सूचि अद्यावधिकसम्बन्धी,

२.     प्रश्नपत्र परिमार्जनसम्बन्धी कार्यको आवश्यक समन्वयसम्बन्धी,

३.     प्रश्नपत्र भण्डारण (Question Bank) को व्यवस्थापनसम्बन्धी कार्य,

४.     प्रश्नपत्र छपाईसम्बन्धी कार्यको समन्वयसम्बन्धी,

५.     जगेडा प्रश्नपत्रहरु धुल्याउनेसम्बन्धी,  

६.     अन्तर्वार्ता सञ्चालनसम्बन्धी,

७.     वैकल्पिक र अस्थायी सिफारिससम्बन्धी,

८.     अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको दरखास्त फाराम अन्तिम स्वीकृती गराउनेसम्बन्धी,

९.     महाशाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

१०.  महाशाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

अन्तर्वार्ता तथा सिफारिस शाखा

१.     विषय विज्ञ वा दक्षको सूचि अद्यावधिकसम्बन्धी,

२.     विषय विज्ञ वा दक्ष मनोनयन गराउने र विषय विज्ञ वा दक्षलाई गोप्य रुपमा आमन्त्रण गर्नेसम्बन्धी,

३.     अन्तर्वार्ता समिति गठनसम्बन्धी कार्यमा आवश्यक सहयोग गर्नेसम्बन्धी,

४.     प्रयोगात्मक परीक्षा सञ्चालनसम्बन्धी,

५.     अन्तर्वार्ता कार्यक्रम सञ्चालन र व्यवस्थापनसम्बन्धी,

६.     अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको दरखास्त फाराम अन्तिम स्वीकृती गर्नेसम्बन्धी,

७.     अन्तिम नतिजा प्रकाशन तथा नियुक्तिको लागि सिफारिससम्बन्धी,

८.     वैकल्पिक र अस्थायी उम्मेदवार सिफारिससम्बन्धी,

९.     अन्तर्वार्तामा उपस्थित भएका उम्मेदवारको कूल प्राप्ताङ्क सम्बन्धित उम्मेदवारले विद्युतीय माध्यमबाट हेर्न सक्ने व्यवस्था मिलाउनेसम्बन्धी,

१०.  शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

११.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

प्रश्नपत्र परिमार्जन शाखा

१.     विषय विज्ञ वा दक्षको सूचि अद्यावधिकसम्बन्धी,

२.     कच्चा प्रश्नपत्रका सेट बुझ्ने, अभिलेख राख्ने र सुरक्षित भण्डारण गर्नेसम्बन्धी,

३.     विषय विज्ञ वा दक्ष मनोनयन गराउने र विषय विज्ञ वा दक्षलाई गोप्य रुपमा आमन्त्रण गर्नेसम्बन्धी,

४.     प्रश्नपत्र परिमार्जन गर्दा अपनाउनु पर्ने प्रक्रिया र आयोगबाट स्वीकृत मान्यता सम्बन्धमा विषय विज्ञ वा दक्षलाई जानकारी गराउने,

५.     परिमार्जन भइसकेका प्रश्नपत्र सेट शिलवन्दी गरी सुरक्षित रुपमा भण्डारण गर्नेसम्बन्धी,

६.     परीक्षामा प्रयोग गरिने प्रश्नपत्र सेट छनोट, टाइप, रुजु र छपाईसम्बन्धी,

७.     प्रश्न वा वस्तुगत बहुउत्तर गलत भएको सम्बन्धमा परेको निवेदन उपर कार्यवाहीसम्बन्धी,  

८.     वस्तुगत प्रश्नको उत्तर कुञ्जिका (Answer Key) तयार गरी सम्बन्धित शाखालाई उपलब्ध गराउनेसम्बन्धी,

९.     सम्बन्धित परीक्षा कार्यक्रम सम्पन्न भएपश्चात् जगेडा प्रश्नपत्रहरु धुल्याउनेसम्बन्धी

१०.  शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

११.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

प्रश्नपत्र परिमार्जन शाखा (सुरक्षा निकाय तथा सङ्गठित संस्था)

१.     विषय विज्ञ वा दक्षको सूचि अद्यावधिकसम्बन्धी,

२.     कच्चा प्रश्नपत्रका सेट बुझ्ने, अभिलेख राख्ने र सुरक्षित भण्डारण गर्नेसम्बन्धी,

३.     विषय विज्ञ वा दक्ष मनोनयन गराउने र विषय विज्ञ वा दक्षलाई गोप्य रुपमा आमन्त्रण गर्नेसम्बन्धी,

४.     प्रश्नपत्र परिमार्जन गर्दा अपनाउनु पर्ने प्रक्रिया र आयोगबाट स्वीकृत मान्यता सम्बन्धमा विषय विज्ञ वा दक्षलाई जानकारी गराउने,

५.     परिमार्जन भइसकेका प्रश्नपत्र सेट शिलवन्दी गरी सुरक्षित रुपमा भण्डारण गर्नेसम्बन्धी,

६.     परीक्षामा प्रयोग गरिने प्रश्नपत्र सेट छनोट, टाइप, रुजु र छपाईसम्बन्धी,

७.     प्रश्न वा वस्तुगत बहुउत्तर गलत भएको सम्बन्धमा परेको निवेदन उपर कार्यवाहीसम्बन्धी,  

८.     वस्तुगत प्रश्नको उत्तर कुञ्जिका (Answer Key) तयार गरी सम्बन्धित शाखालाई उपलब्ध गराउनेसम्बन्धी,

९.     सम्बन्धित परीक्षा कार्यक्रम सम्पन्न भएपश्चात् जगेडा प्रश्नपत्रहरु धुल्याउनेसम्बन्धी

१०.  शाखासँग सम्बन्धित अभिलेख व्यवस्थापनसम्बन्धी,

११.  शाखालाई निर्दिष्ट र तोकिए बमोजिमका अन्य कार्य ।

 

सहसचिव/उपसचिव कार्यालय प्रमुख हुने कार्यालयका मुख्य मुख्य कार्य

१.     आफ्नो कार्य क्षेत्रभित्र राजपत्र अनङ्कित (अप्राविधिक/प्राविधिक) पदहरुको माग सङ्कलन, पदसङ्ख्या निर्धारण र विज्ञापन प्रकाशनका लागि केन्द्रीय कार्यालयमा पठाउने,

२.     आफ्नो कार्यालयको विज्ञापन नम्बरमा परेका दखास्त बाँडफाँड, स्वीकृति र स्वीकृत नामावली तयार,

३.     आयोगको केन्द्रीय कार्यालयबाट भएका रा.प.तृतीय देखि रा.प. प्रथम श्रेणीका बढुवाका विभिन्न विज्ञापनको दरखास्त सङ्कलन गरी केन्द्रीय कार्यालयमा पठाउने,

४.     राजपत्राङ्कित तृतीय श्रेणीसम्मका (प्राविधिक/अप्राविधिक) पदको लिखित परीक्षा सञ्चालन,

५.     लिखित परीक्षाका उत्तरपुस्तिकामा प्रथम साङ्केतिकरणसम्बन्धी कार्य,

६.     उत्तरपुस्तिका परीक्षण, नतिजा तयारी, नतिजा प्रकाशन,

७.     अन्तर्वार्ता सञ्चालन, योग्यताक्रम प्रकाशन र सिफारिस,

८.     आफ्नो कार्यक्षेत्रभित्रका सरकारी कार्यालयहरुको कार्यालय निरीक्षणसम्बन्धी,

९.     आर्थिक प्रशासनसम्बन्धी बजेट तर्जुमा र कार्यान्वयन, लेखा सञ्चालन, नगदी जिन्सी, राजस्व आदिको दुरुस्त हिसाव राख्ने, लेखा परीक्षण र लेखापरीक्षणबाट प्राप्त सुझाव कार्यान्वयनसम्बन्धी कार्य,

१०.  विषय विज्ञ वा दक्षको सूचि तयार एवम् अद्यावधिकसम्बन्धी,

११.  बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा एवम् कार्यान्वयनसम्बन्धी,

१२.  आवधिक प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउनेसम्बन्धी,

१३.  अभिलेख व्यवस्थापन, कार्यालयका भौतिक सामाग्रीको सुरक्षा, मर्मत संभारसम्बन्धी,

१४.  आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्नेसम्बन्धी,

 

पद अनुसारको कर्मचारीको कार्य विवरण

 

अपडेट


View more

ऐन नियम

बुलेटिन